काठमाडाैंः बाेलपत्र (टेण्डर) पार्न नक्कली कागज बनाएकाे आराेपमा एक जना पक्राउ परेका छन्। भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन कागजपत्र किर्ते गरेकाे अभियाेगमा पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकाे टाेलीले उनलाई ललितपुरकाे पुल्चाेबाट पक्राउ गरेकाे हाे।
ब्युरोका अनुसार उनले आफ्नाे कम्पनीलाई टेन्डर पार्न सरकारी छाप तथा दस्तखत किर्ते गरी आयाेजना सम्पन्न गरेकाे योग्यता पुगेको प्रमाणपत्र बनाउने गर्दै आएका थिए।
ब्युरोका डीआईजी सहकुल थापाका अनुसार रवीन्द्रले राैतहट जिल्लाकाे चन्द्रनिगाहपुरमा हुँदै नभएकाे आयाेजनामा झण्डै एक अर्ब २४ कराेड रूपैयाँभन्दा बढीकाे भाैतिक संरचना निर्माण गरेकाे फर्जी कागजपत्र अरू नै आयाेजनाकाे टेण्डर पाउन पेश गरेका थिए।
यद्यपि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतकाे समितिबाटै २०७३ असोज १४ मा भ्याली कन्स्ट्रक्सनलाई १ अर्ब २४ करोड ३७ लाख ५५ हजार ६ सय ९ रुपैयाँ लागतको आयोजना सम्पन्न गरी हस्तान्तरण गरिएको प्रमाणपत्र फेला परेको छ। ब्युराेका अनुसार साे प्रमाणपत्र किर्ते गरि बनाइएकाे हुन सक्छ।
अदालतबाट ५ दिनको म्याद लिइ हिरासतमा राखेको साे बारे अनुसन्धान भइरहेकाे ब्युराेले जनाएकाे छ।
सिआइबीले रवीन्द्रले किर्ते गर्न प्रयाेग गरेकाे कम्युटर, सिपियू, ल्यापटप, गुम्बाको छाप, समितिको चलानी नम्बर, सहमतिपत्र-लगायत सामान बरामद गरेकाे छ।
प्रतिक्रिया