लेटेस्ट न्युज
advertisement1

अफगानिस्तानका पत्रकारलाई तालिबानको कुटपिट

Maryada News 2021-09-10 15:32:09
अफगानिस्तानका पत्रकारलाई तालिबानको कुटपिट

काठमाडौँ : प्रदर्शनको समाचार र फोटो कभर गर्ने क्रममा तालिबानले कुटपिट गर्ने, छर्रा हान्ने र हिरासतमा राख्नेजस्ता यातना दिएको अफगानिस्तानका पत्रकारले बताएका छन् । विभिन्न अनलाइन माध्यमबाट पोस्ट गरिएको तस्बिरमा एटिलाट्रोज पत्रिकाको २ पत्रकारलाई काबुलमा गिरफ्तारपछि कुटेको चोटपटक र घाउसँगै देखाइएको छ ।

कुटपिटमा पर्नेमध्येका एक पत्रकार ताकी दर्याबीले आफूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको बीबीसीलाई बताएका थिए । बुधबार बीबीसीको टिमलाई पनि काबुलमा भएको आन्दोलनको फोटो र भिडिओ खिच्न तालिबानले रोक लगाएको थियो । तर सोही दिन नेमत नकदी भने फोटो खिच्न आन्दोलनमा गएका थिए ।

त्यसपछि तालिबानले यी दुई पत्रकारलाई हिरासतमा राखी लाठी, बिजुलीको तार र कोर्राले कुटेका थिए । त्यसकै केही घण्टापछि कुनै स्पष्टीकरणबिना यी दुईलाई तालिबानले रिहा गरेको थियो दर्याबीले बीबीसीका सेकन्डर करमानीलाई भने, ‘उनीहरूले मलाई एउटा कोठामा लगे र मेरो हात पछाडि लगेर हथकडी लगाइदिए ।

मैले आफ्नो बचाउ नगर्ने निर्णय गरेँ‚ किनभने त्यसो गरेमा उनीहरूले मलाई अझ नराम्रोसँग कुट्थे ।’ शरीरको अगाडिपट्टीको भागको सुरक्षाका लागि आफू भुइँमा घोप्टो परेर पल्टिएको भन्दै दर्याबीले भने‚ ‘त्यसपछि अरु ८ जनाले कोठामा आएर मलाई कुट्न थाले । लाठी, रबर जे उनीहरूको हातमा थियो‚ त्यसैले कुट्न थाले ।

मेरो अनुहारमा भएको यो दाग जुत्ताको हो । उनीहरूले मेरो अनुहारमा जुत्ता बजारेका थिए ।’ पत्रकार दर्याबी र नेमत दुवैलाई अचेत हुनेगरी कुटेपछि तालिबानले रिहा गरेको कुरा बीबीसीलाई बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्