काठमाडौं : ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको भनी थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ ।
न्यायाधीसहरु इश्वरप्रसाद खतिवडा र डा आनन्द मोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । सोही प्रकरणका अर्का अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने सम्बन्धमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।
प्रतिक्रिया