सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिए लगत्तै पुूर्व डिआईजी छविलाल जोशी पक्राउ परेका छन । नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको हो।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाईसहकारी ठगी प्रकरण प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको स्रोतको भनाइ छ।
यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।
जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो।
प्रतिक्रिया