काठमाडाैंः नेकपा एमालेको झलनाथ-माधव पक्षकाे राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबार पनि रहेकाे छ। ललितपुरकाे हाेटल हेरिटेजमा बुधबारदेखि शुरु भएकाे भेलाकाे आज अन्तिम दिन रहेकाे छ।
भेलाले तीन महिने अभियानका कार्यक्रम पारित गर्ने बताइएकाे छ। त्यसपछि केन्द्रदेखि वडासम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ।
कार्यकर्ता प्रशिक्षण, बैठक, पार्टी कार्यालय सञ्चालन गर्ने लगायतका काम यी तीन महिनामा गरिनेछ।
एमालेका महासचिव ईश्वर पाेखरेलले विज्ञप्ति जारि गरेरै पार्टीका तर्फबाट कुनै भेलाकाे आयाेजना नगरिएकाे र पार्टीकाे नाममा भेला गर्ने कार्य नगर्न निर्देशन दिए पनि विज्ञप्ति र निर्देशनकाे अवज्ञा गर्दै झलनाथ माधव पक्षले भेला आयाेजना गरेकाे हाे।
प्रतिक्रिया