लेटेस्ट न्युज
advertisement1

दिलबहादुरको उपचार गराउन कचौरासहित मुख्यमन्त्री कार्यालयमा धर्ना

Maryada News 2021-03-17 18:17:48
दिलबहादुरको उपचार गराउन कचौरासहित मुख्यमन्त्री कार्यालयमा धर्ना

काठमाडौं : भारतको मुम्बईमा रोजगारीका क्रममा सडक दुर्घटनामा परी दुबै खुट्टा गुमाएका डडेल्धुराका दिलबहादुर दमाईको उपचारका लागि सहयोग गर्न भन्दै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । बुधबार 'बोलन्या थली समूह'ले अपाङ्ग दिलबहादुरको उपचारमा सहयोग गर्न अपिल गर्दै हातमा कचौरा बोकेर धर्ना दिएको हो ।  
 
डडेल्धुराको गन्यापधुरा-२ कोरगाउँका २७ वर्षीय दिलबहादुरलाई 'कि सास दे, कि सल्फास दे' लेखिएका ब्यानरसहित समूहले धर्ना दिएको थियो । रोजगारीका लागि भारतको मुम्बईमा पुगेको तीन दिनमै सडक दुर्घटनामा परेका उनी हाल जीवन र मरण दोसाँधमा छन् ।

ऋण गरेर अस्पताल भर्ना गरेपनि आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्था आएको पारिवारिक स्रोतले बताएको छ । एक छोरा, एक छोरी र श्रीमतीसहित दिलबहादुर घरसमेत नहुँदा झण्डै डेढ बर्षदेखि गोठमा बस्न बाध्य छन् ।  

तस्बिर सौजन्य : बोलन्या थली


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्