लेटेस्ट न्युज
advertisement1

जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारीः अस्पताल

Maryada News 2021-03-17 11:22:54
जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारीः अस्पताल

काठमाडाैंः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।

उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार गरिएकाे छ। केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उनकाे अवस्थाबारे जानकारी गराएको हो।

केही दिनको उपचारपछि उनकाे अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ।

“आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”, विज्ञप्तिमा भनिएको छ।

फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्