धादिङः जिल्लाकाे प्रमुख बजार धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा दलित विद्यार्थीले तालाबन्दी गरेका छन्। गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएकाे हाे।
स्थानीय सरकारले विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न र संविधानमा उल्लेख भएका अधिकार उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको विद्यार्थी सङ्गम विश्वकर्माले बताए।
हाल लगाइएको ताला विद्यार्थीको माग सम्बोधन नभएसम्म नखोलिने विद्यार्थीले बताएका छन्।
यता विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले भने निजी स्रोतबाट शिक्षक राख्नुपरेका कारण दलितलाई निःशुल्क शिक्षा दिन नसकिएको बताए।
प्रतिक्रिया