काठमाडौँ : काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा यस्तो उल्लेख गरिएको हो ।
जिल्ला प्रशासनले तिहारमा नाचगान लगायत सभ्य र शान्तिपूर्ण तवरले निश्चीत समयावधिभित्र देउसी, भैलो खेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।
प्रतिक्रिया