मोरङः ब्लड क्यान्सर पीडित युवाले सहयाेगकाे याचना गरेका छन्। जिल्लाकाे खोर्सानेका युवा सरोज दर्नालले उपचारका लागि सहयोगको याचना गरेका हुन्।
आर्थिक अवस्था सबल नभएका सामान्य परिवारका दर्नाललाई केही समय अगाडी ब्लड क्यान्सर भएको थियो। चितवनको वीपी कोईराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका दर्नालको थप उपचारका लागि करिब ५ लाख रूपैयाँ लाग्ने भए पछि परिवारको तर्फबाट श्रीमती ममता दर्नालले सहयोगको याचना गरेकी हुन्।
'हामी जस्तो निम्न वर्गीय परिवारको मान्छेले ५ लाख कहाँबाट जुटाउनु', अत्यन्त दुःख मिश्रीत स्वरमा उनले भनीन, 'सहयोगी, शुभेच्छुक र मनकारी दिल भएका नेपालीहरुलाई अनुरोध गर्दछु कृपया मेरो श्रीमानको ज्यान बचाईदिनुहोस्।'
उनले सहयोगी, दाता र शुभेच्छुकले एनआईसी एशिया विराटचोक शाखाको ममता दर्नालकाे नाममा रहेकाे बैक खाता नंबर ०५६५७५१०३४०४२००१ मा सहयाेग रकम जम्मा गरिदिन आग्रह गरेकी छिन्।
मर्यादा मिडियामा उपस्थित भइ शुभेच्छुक उमेश हिंगमाङ्ले सरोजको थप उपचारका लागि अभियानै सञ्चालन गर्न पनि संघसंस्था रअभियानकर्मीहरुसँग आग्रह गरेका छन्।
प्रतिक्रिया