एजेन्सीः पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छिन्। बुधबार बेलुका नन्दीग्राममा अज्ञात व्यक्तिले धकेल्दा खुट्टामा चाेट लागेपछि उनी घाइते भएकी हुन्।
उनलाई हाल कलकत्ताकाे एसएसकेएम अस्पतालमा भर्ना गरिएकाे छ। उनले भनेकी छिन्- '४-५ जनाले गाडी बन्द गरे। मलाई अधिक चाेट लाग्याे। त्यहाँ स्थानीय प्रहरी काेही पनि थिएन। याे पक्कै कसैले जानीजानी गरेकाे हाे। याे जालसाजी हाे।'
बनर्जी घाइते भएपछि तृणमूल कांग्रेसले आज जारि गर्ने चुनावी घाेषणापत्रकाे कार्यक्रम हाल स्थगित भएकाे छ। भारतीय प्रहरीले ममता बनर्जी घाइते भएकाे घटनामाथि अनुसन्धान शुरु गरेकाे छ। ममताकाे दलका नेताहरूले भाजपालाई यस घटनामा जिम्मेवार ठहर गरेका छन्।
यद्यपि भाजपाका नेता कैलाश विजयवर्गीय र अर्जुन सिंहले ममताले चुनावका लागि गरेकाे नाटकमात्र भएकाे बताएका छन्।
प्रतिक्रिया