काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालयको मुल गेटबाट अख्तियारको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ। आइतबार बेलुकी भन्सार चोरी, निकासीको काम गर्ने आराेपित थुनुवालाई छुटाउने भन्दै घुस लिइरहेकाे अवस्थामा बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठसहित अर्का एक जनालाई पक्राउ गरिएको हो।
त्यस्तै रेष्टुरेन्ट व्यवसायी चावाहील घर भएका अनिस जोशिलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले बताए। पक्राउ परेकामाथि अनुसन्धान गरि आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ।
गत माघ १७ मा रामेछापका मिलन श्रेष्ठलाई प्रहरीले गौरीघाटबाट एक सय ६७ थान मोवाइलसहित पक्राउ गरेकाे थियाे। त्यसपश्चात् विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।
पक्राउ परेका मिलनलाई छुटाइदिने भन्दै उनीहरूले घुस मागेका थिए। तर अख्तियारकाे टाेलीले उनीहरूलाई रंगेहात पक्राउ गर्याे।
प्रतिक्रिया