काठमाडौं : सुर्खेतमा खेतीयोग्य जमिनको माग गर्दै धर्नामा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार भएको छ। आज (आइतबार) उिँसो १ बजे प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको बताइएको छ ।
शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। नाराजुलुस गर्दै अगाडि बढ्ने क्रममा आफूहरूमाथि प्रहरीले लाठी प्रहार गरेको आन्दोलनका एक अगुवाले बताए। प्रहरीको लाठी प्रहार आन्दोलनरत आधा दर्जन व्यक्ति सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रहरीले लाठी प्रहार नगरेको बताएको छ।
घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी वादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।
प्रतिक्रिया