काठमाडौं : मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको हो। बैठकले विप्लव समूहमाथिको राजनीतिक प्रतिबन्ध हटाउने निर्णय गर्ने बताइएको छ।
यसअघि आजै बिहान विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भइसकेको छ। सहमतिअनुसार विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी हुने उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो।
प्रतिक्रिया