काठमाडौं : पेट्रोलिय पदार्थको मूल्य फेरि वढेको छ। नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वढाएको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँमा पाइने छ। यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ।
यसैगरी हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने नवढेको निगमले जनाएको छ।
प्रतिक्रिया