लेटेस्ट न्युज
advertisement1

कोरोनाविरुद्धको खोप नलगाएका सांसदलाई संसद भवन प्रवेशमा रोक

Maryada News 2021-02-28 20:53:11
कोरोनाविरुद्धको खोप नलगाएका सांसदलाई संसद भवन प्रवेशमा रोक

काठमाडौं : संसद बैठक सुरु हुनुअघि प्रतिनिधिसभाका सांसद र संसद सचिवालयका कर्मचारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनुपर्ने भएको छ । खोप लगाएकाबाहेक अन्यले संसद भवनमा प्रवेश नपाउने बताइएको छ  । सांसद र संसद सचिवालयका कर्मचारीलाई फागुन १९, २० र २१ गते निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको  छ । 

खोप लगाए पनि संसद हलभित्र कोरोना महामारीविरुद्ध स्वास्थ्य सुरक्षाको मापदण्ड पालना हुने संसद सचिवालयले जनाएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकिएको छ । बैठक कक्षका हरेक कुर्सीहरुलाई सफा गरेर डिसइन्फेक्टेड गरिएको छ । 

यस्तै सर्वोच्चको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुवै समूहका सांसद एकै ठाउँमा बूनुपर्ने छ । संसद सचिवालयका अनुसार सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु एकै लाइनमा बस्नेछन् । औपचारिक रुपमा पार्टी विभाजन नभएका कारण प्रचण्ड-माधव समूह र केपी ओली समूहका सांसदहरु संगै बस्नु पर्ने भएको हो । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्