काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी ओली समूहकाे संसदीय दलकाे प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन्। यसअघिका सचेतक देव गुरुङलाई आज शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले वर्खास्त गरेसँगै भट्टराईलाई नियुक्त गरेका हुन्।
विशाल भट्टराई खाेटाङबाट निर्वाचित सांसद हुन्। ओली समूहकाे संसदीय दलकाे बैठकले उनलाई नियुक्त गरेकाे प्रधानमन्त्री सचिवालयले बताएकाे छ।
देव गुरुङ प्रचण्ड-माधव समूहमा रहेका कारण उनलाई वर्खास्त गरिएकाे हाे।
यता देव गुरुङले भने प्रधानमन्त्री ओलीले गरेकाे नियुक्ति वा वर्खास्तीले केही फरक नपर्ने बताएका छन्। आफूहरूले दलकाे नेता नै परिवर्तन गरिसकेकाे भन्दै गुरुङले ओलीले गरेकाे निर्णय वा नियुक्तीले फरक नपर्ने बताएका हुन्।
प्रतिक्रिया