काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् । छलफलका लागि भन्दै मिश्रले सार्वजनिक गरेका प्रस्तावमा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको उल्लेख छ ।
उनले नेपालका लागि गणतन्त्र पनि आयातित भएको टिप्पणी गरेका छन् । मिश्रले सार्वजनिक गरेका दस्तावेजमा संविधान निर्माण हुनुअघि सङ्घीयताको पक्षमा देखिएका कैयौँ नेता तथा सर्वसाधारणसमेत सङ्घीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्याएको, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको सङ्ख्या बढाएको उनको प्रस्तावमा उल्लेख गरिएको छ ।
यस्तै मिश्रको प्रस्तावमा शासकीय दृष्टिकोणबाट झनै भाँडभैलो फैलाएको, सङ्घीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सिर्जना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् भनिएको छ ।
प्रतिक्रिया