चितवन : जिल्लाका सबै स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन्।
सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन्।
भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७०० भूमिहीन तथा सुकुम्बासी छन् ।
महानगर प्रमुख रेणु दाहालका अनुसार महानगरले १५ कर्मचारी नियुक्त गरेर भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया शुरु गरेको हो।
यसैगरी रत्ननगर नगरपालिकामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको सङ्ख्या दुई हजार ४५० रहेको बताइन्छ। माडी नगरपालिकाको बाँदरझुलामा मात्रै झण्डै ७०० सुकुम्बासी छन्। कालिका नगरपालिकामा चार हजार २३२ परिवार, राप्ती नगरपालिकामा छ हजार परिवार र इच्छाकामना गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा सुकुम्बासी रहेका छन्।
यस्तै खैरहानी नगरपालिकामा दुई हजार ५०० भूमिहीन तथा सकुम्बासी रहेका सम्बन्धित नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया