लेटेस्ट न्युज
advertisement1

डायलगका कारण 'रुस्तम' विवादमा, अक्षय कुमारसहित ७ जनाविरुद्ध मुद्दा

Maryada News 2021-02-28 12:04:30
डायलगका कारण 'रुस्तम' विवादमा, अक्षय कुमारसहित ७ जनाविरुद्ध मुद्दा

एजेन्सीः सुपरहिट बलिउड चलचित्र ‘रुस्तम’ विवादमा आएको छ। चलचित्रकाे एक दृश्यमा एक अभिनेताले बाेलेकाे शव्दका कारण चलचित्र विवादमा आएकाे हाे। चलचित्रका मुख्य अभिनेता तथा बलिउड सुपरस्टार अक्षय कुमारसहित ७ जनाविरुद्ध मुद्दासमेत चलाइएको छ। 

चलचित्रमा अदालतको एक सिनमा वकिलहरूलाई न्यायाधीशको भूमिकामा रहेका अनंग देसाईले ‘बेशर्म’ भनेका हुन्छन्। यही शव्दलाई लिएर कानुन व्यवसायी मनोज गुप्ताले वकिलहरूको मानहानी भएको भन्दै रित दर्ता गरेका हुन्।

उनले सो चलचित्रसँग सम्बन्धित ७ जनालाई भारतीय दण्ड विधानको धारा ५००, ५०१ र ५०२ अन्तर्गत कठोर कारावास र जरिवानासमेत माग गरेका छन्। 

रिट उपर कारवाही गर्दै अदालतले मुद्दा परेका चलचित्रका सदस्यलाई पहिलो पत्र जारी गरेको छ। मार्च १० मा उनीहरूलाई अदालतमा हाजिर हुन भनिएको छ।

जी इन्टरटेन्मेन्टका प्रमुख र सिइओ सुभाष चन्द्रा र मुरुदल केजार, चलचित्रका निर्देशक टीनू सुरेश देशाई, चलचित्रका लेखक विपुल के रावल, चलचित्रका नायक अक्षय कुमार, अभिनेता अनंग देसाई र सिनेमा हलका मालिक सुरेश गुप्ताविरुद्ध अदालतमा मुद्दा परेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्