काठमाण्डू, नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले चैत १९ गते बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ।
साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।
प्रतिक्रिया