लेटेस्ट न्युज
advertisement1

आइपीएलमा मुम्बईको लगातार दोस्रो हार

Maryada News 2025-03-30 08:29:07
आइपीएलमा मुम्बईको लगातार दोस्रो हार

एजेन्सी, मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार मुम्बई नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य दियो । जवाफमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनायो ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट तथा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो ।

जितसँगै गुजरातले दुई अंक जोडेको छ । मुम्बई दोस्रो खेलमा पनि खाता खोल्न सकेन् । मुम्बईको इनिङ्समा सुर्यकुमार यादवले २८ बलमा तीन चौका र ४ छक्का प्रहार सहित ४८ रन प्रहार गरे ।

तिलक बर्माले ३९ रनको योगदान गरेका थिए। तेस्रो विकेटको लागि सुर्यकुमार र तिलकले ४२ बलमा ६२ रनको साझेदारी गरेका हुन् ।

ओपनिङ जोडी रोहित शर्मा आठ र रायन ६ रन बनाएर आउट भए । बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए ।

गुजरातको लागि ओपनर साई सुदर्शनले ४१ बलमा चार चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।

कप्तान शुभमन गिलले २७ बलमा ३८ जोडेका थिए । पहिलो विकेटको लागि दुईबीच ७८ रनको बलियो साझेदारी भएको थियो ।

आज दुई खेल हुनेछन् । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्