एजेन्सी, आशुतोष शर्माले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार जीत निकालेको छ ।
गएराति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले हराएको हो ।
लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।
सुरुवातमै ३ विकेट गुमाएपछि दबाबमा आएको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी र ट्रिस्टन स्टब्सले केहीबेर सम्हालेका थिए ।
आशुतोष ६६ रनमा अविजित रहे भने विप्राज निगमले ३९ रन बनाए । स्टब्सले ३४, डुप्लेसीले २९ तथा अक्षरले २२ रन बनाए ।
लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले २(२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनाएको थियो ।
निकोलस पूरनले सर्वाधिक ७५ तथा मिचेल मार्शले ७२ रन बनाए । दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ तथा मुकेश कुमार र विप्राज निगमले १(१ विकेट लिए ।
प्रतिक्रिया