लेटेस्ट न्युज
advertisement1

सुनको मूल्यमा कीर्तिमान, १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार

Maryada News 2025-03-30 12:16:52
सुनको मूल्यमा कीर्तिमान, १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार

काठमाण्ड, नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको हो ।

सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज त्यो तोडिएर अर्को नयाँ कीर्तिमान बनेको छ ।

शुक्रबार सुन १ हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेको हो । चाँदी आज तोलामा २ हजार २५ रुपैयाँले कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्