लेटेस्ट न्युज
advertisement1

तीन छुट्टाछुट्टै प्रतियाेगिता खेल्न आज इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टाेली

Maryada News 2021-05-25 12:50:44
तीन छुट्टाछुट्टै प्रतियाेगिता खेल्न आज इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टाेली

काठमाडाैंः नेपाली राष्ट्रिय फुटबल टाेली इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि मगंलबार इराक प्रस्थान गर्दैछ। मङ्गलबार राति कतार एयरवेजमार्फत् दोहा हुँदै टाेली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाली टाेलीमा २३ खेलाडी र १२ जना अफिसियल गरी ३५ जना इराक जाने भएकाे हाे। यसपटक टाेलीमा तीन जना गोलरक्षक रहेका छन्। किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार गाेलरक्षककाे रुपमा इराक जाने भएका हुन्।

त्यस्तै डिफेन्डरकाे रुपमा अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास रहेका छन्। मिडफिल्डरकाे रुपमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् भने फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा रहेका छन्। 

नेपाल र इराकको राष्ट्रिय टोलीबीच यही जेठ १५ गते मैत्रीपूर्ण खेल तय भएकाे छ। इराकसँगकाे खेलपश्चात नेपाली टाेली जेठ १६ गते कुवेत जानेछ। त्यहाँ टोलीले तीन वटा विश्वकप र एसिया कप छनोटका खेल खेल्नेछ।

जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग नेपालकाे विश्वकप छनाेटका खेल हुने तालिका रहेकाे छ। यसअघि नेपालमै खेल हुने तय भएता पनि कोरोना महामारीका कारण न्यूट्रल भेन्युका रूपमा कुवेतमा खेल हुने भएकाे हाे। 

एन्फाका अनुसार नेपाली टाेलीकाे हवाई खर्च फिफाले ब्यहाेर्ने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्