काठमाण्डू, पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ ।
जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।
“त्यहाँ ९निर्मल निवास०मा पत्र बुझ्न मानेनन् । अब हुलाकबाट पठाउने तयारी हुँदैछ,” महानगर स्रोतले भन्यो ।
शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।
प्रतिक्रिया