सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ।
केन्द्रीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो।
मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा। शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा।डा। डम्बर खड्काले सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ।
यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधार व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ।सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ।
यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधार व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
प्रतिक्रिया