लेटेस्ट न्युज
advertisement1

भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान अमेरिकाको कब्जामा: भेनेजुएलाले भन्यो अमेरिकी ‘डकैती’

Maryada News 2024-09-03 15:42:35
भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान अमेरिकाको कब्जामा: भेनेजुएलाले भन्यो अमेरिकी  ‘डकैती’

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको दाबी गर्दै कब्जा गरेको छ।

अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९००ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको थियो र पछि अमेरिकाको फ्लोरिडामा उडाइएको थियो।

यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन। ट्र्याकिङ डाटाले भने यो राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट सोमबार फ्लोरिडा पुगेको देखाएको छ। भेनेजुएलाले विमान कब्जाको विरोध गर्दै ‘डकैती’ भनेको छ।

विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षति पूर्तिका लागि कानुनी कारबाही गर्ने अधिकार आफूसँग रहेको दाबी गरेको छअमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्।

उनीहरूको दाबीअनुसार मदुरोसँग सम्बन्धित व्यक्तिहरूले २००२(२०२३ को बीचमा विमानको अवैध खरिदका लागि क्यारेबियन सेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ। विमान किनेको कम्पनी फ्लोरिडाको हो।

यो विमान अप्रिल २०२३ मा अवैध रूपमा भेनेजुएला ल्याइएको थियो। जुलाईमा मादुरोले फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्