लेटेस्ट न्युज
advertisement1

रामकुमारी हराउदै नेकपा एसको उपाध्यक्ष बनिन् जयन्ती राई

Maryada News 2024-08-28 19:32:51
रामकुमारी हराउदै नेकपा एसको उपाध्यक्ष बनिन् जयन्ती राई

नेकपाकालदेखि नै विद्रोही नेताको छवि बनाएकी रामकुमारी झाक्री एकीकृत समाजवादी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी पात्र मानिन्छिन। माधव नेपाललाई एमालेकालदेखिनै साथ दिएकी भनिएकी रामकुमारी झाक्री हालै भएको एकिकृत समाजवादीको पदाधिकारी निर्वाचनमा पराजित भईन। एमाले केन्द्रीय सदस्य समानुपातिक सांसद हुदै मन्त्री समेत वनेकी झाक्री लोकतान्त्रिक आन्दोलनवाट स्थापित वनेको नाम हो। हाल पार्टीको सचिव रहेकी झाक्री महिला उपाध्यक्षमा पराजिता भएकी हुन।

राष्ट्रिय चर्चाकी रामकुमारीलाई हराइरहँदा जयन्तीले पदाधिकारीहरु मध्ये सबैभन्दा धेरै मत पाउने कीर्तिमान नै बनाइन् । रामकुमारीले ११२ मत ल्याउँदा जयन्तीले १९९ मत ल्याएकी थिइन् ।रामकुमारीलाई हराएर चर्चामा आएकी जयन्तीले अढाइ वर्ष अगाडि पनि यस्तै नतिजा निकालेकी थिइन् ।

१२ माघ २०७८ मा राष्ट्रिय सभा सदस्यको चुनाव भएको थियो । त्यो चुनावमा जयन्ती पाँच दलीय गठबन्धनबाट उम्मेदवार थिइन् ।

उनलाई चुनाव जित्न आफ्नो दलको मतले पुग्ने कुरै थिएन । समर्थन गर्ने दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका मत पूरापूर आउनुपर्ने थियो ।

उनीसँगै तत्कालीन गठबन्धनका अर्का उम्मेदवार थिए, हेमराज राई । जसपाबाट उम्मेदवार बनेका हेमराजले त्यो चुनाव जित्न सकेनन् । हेमराजलाई एमालेका सोनाम शेर्पाले हराइदिए ।

तर जयन्तीले जितिन् । कोशी प्रदेशबाट राष्ट्रिय सभाको महिला कोटामा एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै जयन्ती राष्ट्रिय सभा सदस्य निर्वाचित भइन् । जयन्तीले ४ हजार ६९२ मतभार ल्याएर जित्दा एमालेकी सुमित्राले ४ हजार ३६२ मतभार मात्र ल्याएकी थिइन् । त्यतिबेला जयन्तीको लामो इतिहास र मिजासिलो स्वभावका कारण कतिपय एमालेकै मत समेत पाएको चर्चा पनि चलेको थियो ।

राष्ट्रिय सभा सदस्य जितेपछि उनी अहिले विधायन व्यवस्थापन समिति सभापति नै छन् । विधायन समितिमा पनि उनको भूमिका समन्वयकारी नै रहेको टिप्पणी हुन्छ ।

उक्त पार्टीका नेताहरु भने पछिल्लो परिवर्तनको चर्चाले रामकुमारी चिनिए पनि पार्टी वृत्तमा जयन्तीको राम्रो प्रभाव रहेको बताउँछन् । ‘रामकुमारीको पार्टी बाहिर धेरै आकर्षण छ, तर पार्टीभित्र जयन्तीको योगदान र संघर्ष बुझ्ने पंक्ति ठूलो छ’, जयन्ती निकट एक नेता भन्छन् ।

यस्तो टिप्पणी हुनुमा जयन्तीको पार्टी सक्रियताको इतिहासले काम गरेको सहज अनुमान लगाउन सकिन्छ । भोजपुर टेम्के मैयुङकी जयन्तीको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट शुरु भएको थियो ।

पञ्चायतलाई धक्का दिने त्यो विद्यार्थीमा सहभागी भएकी जयन्तीले लगत्तै अखिल नेपाल महिला संघ ९अनेम संघ० बाट राजनीति गरिन् । २०५४ सालमा भोजपुर जिल्ला विकास समितिको उपसभापति निर्वाचित भइन् ।

२०६२र६३ सालको दोस्रो जनआन्दोलनपछि जयन्तीलाई एमालेले प्रतिनिधि सभा सदस्य बनायो । लगत्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा भोजपुर १ मा माओवादीका पदम राईसँग पराजित भइन् । २०७० मा भने समानुपातिकबाट सभासद बनिन् ।

पार्टी राजनीतिमा २०६५ सालमा सम्पन्न बुटवलको आठौं राष्ट्रिय महाधिवेशनबाटै एमाले केन्द्रीय सदस्य निर्वाचित भइन् । नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य फेरि जितिन् । सधैं माधव नेपाललाई साथ दिंदै आएकी जयन्तीले २०७८ मा पार्टी फुट्दा एमाले छोडिन् ।

एकीकृत समाजवादी बन्दा जयन्ती अनेम संघको केन्द्रीय अध्यक्ष बनिन् भने पार्टीको उपाध्यक्षमा चयन भइन् । अर्थात् उनी अनेम संघकी केन्द्रीय अध्यक्ष, राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिको सभापति र पार्टी उपाध्यक्ष भएर एकीकृत समाजवादीभित्र बलियो पकड बनाउने अवसर पाएकी थिइन् । जसको लाभ उठाउँदै रामुकमारी झाँक्रीलाई सहजै हराउँदै उपाध्यक्ष पदमै दोहोरिन सफल भइन् ।
-अनलाई खबरको सहायतामा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्