लेटेस्ट न्युज
advertisement1

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा

Maryada News 2021-02-24 16:40:00
राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरेकी छन्। पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुगेकी हुन्।

राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा गरिँदै आएको छ। पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राख्ने योजना रहेको छ।सरकारले यसका लागि ३० करोड दिने भएको छ । तर जलहरी राख्ने विषयमा विरोध भइरहेको छ।

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्