लेटेस्ट न्युज
advertisement1

५९ सांसदको हस्ताक्षरसहित राजेन्द्र पाण्डेको मुख्यमन्त्रीमा दाबी 

Maryada News 2021-10-27 19:08:37
५९ सांसदको हस्ताक्षरसहित राजेन्द्र पाण्डेको मुख्यमन्त्रीमा दाबी 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका गरि ५९ सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीको दाबी गरेका हुन् । 

बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसद छन् । हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन् ।

३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएको छ । २÷२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएका छन् । ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् । बिहीबार नै गठबन्धनका दलबाट १÷१ जनाले मन्त्रीको शपथ लिने बताइएको छ । नयाँ सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्