काठमाडौं - संसद पुर्नस्थापनासँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै समूहले छट्टाछुट्टै बैठक आह्वान गरेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै आगामी रणनीति तय गर्न दुबै समूह औपचारिक बैठकमा बस्न लागेका हुन्।
प्रचण्ड–नेपाल समूहले आज अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाएको छ भने ओली समूहको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैछ।
ओली समूहको बैठक बसिरहेका बेला प्रचण्ड–नेपाल समूहले भने काठमाडौंको शान्तिवाटिकामा विजय जुलुस गर्दैछ।
प्रतिक्रिया