काठमाडौं : गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २७४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २०३ जना रहेका छन् । यसैगरी भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाभित्र नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया