काठमाडौं : आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले १४ प्रतिशत बोनस घोषणा गरेको हो ।
फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) घोषणा गरेको हो । फाइनान्सको सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
प्रतिक्रिया