लेटेस्ट न्युज
advertisement1

एमाले बैठक : प्रतिवेदन मस्यौदामाथि छलफल गर्न समूह निर्माण

Maryada News 2021-09-24 17:29:09
एमाले बैठक : प्रतिवेदन मस्यौदामाथि छलफल गर्न समूह निर्माण

काठमाडौं : विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले समूह निर्माण गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा १० वटा समूह बनाएको हो ।

समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा दिइएको छ ।

समूहगत छलफलपछि शनिबार दिउँसो एक बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन मस्यौदाहरुमाथि स्थायी कमिटीमा यसअघि नै छलफल भइसकेको छ ।

अब केन्द्रीय सदस्यहरुको समेत सुझाव आएपछि स्थायी कमिटी बैठकले प्रतिवेदनहरु टुंगो लगाउनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्