लेटेस्ट न्युज
advertisement1

भारतमा ३० हजार २५६ जनामा कोरोना पुष्टि, थप २ सय ९५ को मृत्यु

Maryada News 2021-09-20 14:01:23
भारतमा ३० हजार २५६ जनामा कोरोना पुष्टि, थप २ सय ९५ को मृत्यु

काठमाडौं: भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घन्टा २९५ जना मृत्यु भएको छ ।

केरलमा मात्र १९ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ भने १५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको आकडा अनुसार ४३ हजार ९ सय ३८ जना कोरोनाबाट मुक्त भएका छन् ।

कोरोनाबाट भारतमा अहिलेसम्म ४ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भएको छ । २४ घन्टामा ३७ लाख भन्दा धेरैले कोरोना खोप लगाएका छन्। अहिलेसम्म ८० करोड भन्दा धेरैले कोरोना खोप लगाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्