एजेन्सीः भारतमा पछिल्लाे २४ घण्टामा तीन हजार दुई सय ९३ जनाकाे काेराेना भाइरस संक्रमणका कारण निधन भएकाे छ। यसअघि भारतमा काेराेना संक्रमणका कारण एकैदिन तीन हजारभन्दा बढीकाे निधन भएकाे थिएन।
पछिल्लाे २४ घण्टामै तीन लाख ६० हजार नाै सय ६० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ। याेसहित भारतमा कूल संक्रमितकाे संख्या एक कराेड ७९ लाख ९७ हजार दुई सय ६७ पुगेकाे छ। यस्तै कूल मृत्यु दुई लाख एक हजार एक सय ८७ पुगेकाे छ।
भारतमा हाल सक्रिय संक्रमितकाे संख्या २९ लाख ७८ हजार सात सय नाै रहेकाे छ।
प्रतिक्रिया