बुधबार: बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ । यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ । कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ ।
यस दिन सबै समूहहरु घटेका छन् । बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन् । त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन् ।
मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो ।
यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो । हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घट्यो ।
प्रतिक्रिया