लेटेस्ट न्युज
advertisement1

ओखलढुंगामा स्मार्ट लकडाउन लागू

Maryada News 2021-09-13 21:28:26
ओखलढुंगामा स्मार्ट लकडाउन लागू

ओखलढुंगा : ओखलढुंगामा सोमबारबाट स्मार्ट लकडाउन लागू भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधी– २०७८ अनुसार कोरोना संक्रमण कम हुँदै गएपछि स्मार्ट लकडाउन लागू गरिएको हो । 

नेपाल सरकारको निर्णय अनुसार यसअघि बन्द रहेका सबै क्षेत्र खुल्ला भए पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गर्नु पर्ने सर्त छ । प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार स्मार्ट लकडाउनमा सबै क्षेत्र खोलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गराउनु पर्ने छ । स्मार्ट लकडाउनमा स्वास्थ्य सेवा, नियमित कार्यलय सञ्चालन, सानो समूहमा बैठक, गोष्ठि तथा सेमिनार सञ्चालन गर्न पाइने छ ।  

त्यस्तै शैक्षिक संस्था, पसल, कोल्ड स्टोर, डिपाटमेन्ट स्टोर, यातयात, ढुवानी, मठ–मन्दिर तथा समाजिक रितिरिवाजमा हुने जमघट पनि सानो समूहमा खुल्ला गरिएको छ । यस बाहेक उद्योग व्यवसाय, होटल तथा रेस्टुरेन्ट, कृषी उत्पादन, खेलकुद, घरायसी भेटघाट तथा हाटबजारलगायतका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड अनिवार्य पलना गर्नु पर्ने प्रजिअ राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्