लेटेस्ट न्युज
advertisement1

संखुवासभा घटना बिहान ६ बजे अगाडि भएको प्रहरीको निष्कर्ष, हत्यारा चिनजानकै ब्यक्ति भएको अनुमान 

Maryada News 2021-09-09 14:46:55
संखुवासभा घटना बिहान ६ बजे अगाडि भएको प्रहरीको निष्कर्ष, हत्यारा चिनजानकै ब्यक्ति भएको अनुमान 

संखुवासभा: संखुवासभा हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । मादी नगरपालिका–१ खोला गाउँमा भएको घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो । घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

शव फेला परेको ‘लोकेसन’, शवको प्रकृतिलगायतका विषयलाई केन्द्रमा राख्दै प्रहरीले ‘क्राइम सिन’ का आधारमा ‘एक जनाको मात्र हत्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै हत्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।

प्रहरीका अनुसार घटना बिहान ६ बजे अगाडिनै ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । सोहि दिन तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थिए । तर बाटो कुरेर बसेका वा जम्काभेट भएका हत्याराले आवेगमै तेजबहादुरमाथि आक्रमण गरेको हुनसक्ने घटनास्थलको अध्ययनले बताएको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश नम्बर १ का अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । यद्यपि हत्याराबारे हालसम्म कुनै सुराक प्राप्त नभएको प्रहरीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्