लेटेस्ट न्युज
advertisement1

एमसीसीबारे अहिल्यै धारणा बनाउनु भनेको हावामा कुस्ती खेल्नुजस्तै हो : ओली

Maryada News 2021-09-08 14:34:01
एमसीसीबारे अहिल्यै धारणा बनाउनु भनेको हावामा कुस्ती खेल्नुजस्तै हो : ओली


काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे अहिल्यै धारणा बनाउन नहुने बताएका छन् । एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘एमसीसीबारे अहिल्यै धारणा बनाउनु भनेको हावामा कुस्ती खेल्नुजस्तै हो,’ अध्यक्ष ओलीले भने, ‘यो अहिल्यै आवश्यक छैन ।’

सरकारले यसबारेमा एमालेलाई आधिकारिक रुपमा केही नभनेको र संसद्मा पेश नभएकाले अहिले नै यसबारेमा धारणा बनाउन जरुरी नभएको ओलीको भनाइ थियो । ‘सरकारले एमालेलाई अहिले केही भनेको छैन,’ अध्यक्ष ओलीले भने, ‘सरकारले आधिकारिक धारणा पनि मागेको छैन । त्यसैले अहिल्यै धारणा बनाइराख्न जरुरी छैन ।’

बैठकमा एमाले सांसदहरूले एमसीसीबारे पार्टीको धारणा के हो भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका थिए । उपाध्यक्ष भीमबहारदुर रावलले भने संशोधनसहित पारित गर्नुपर्ने बताएका थिए । अहिलेसम्म कुनै पनि हालतमा एमसीसी पारित हुन नहुने अडानमा रहेका रावलले आज भने  यस्तो बताएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्