लेटेस्ट न्युज
advertisement1

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

Maryada News 2021-09-03 17:05:41
बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

काठमाडौं : बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् । उच्च अदालत पाटनले ४ माघ २०७७ मा दोषी ठहर गरी ६० लाख जरिवाना तोकेकोमा फरार रहेका अभियुक्त इलाम जितपुर–४ का ४३ वर्षीय टंकनाथ कट्टेललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

व्युरोले प्रेस विज्ञप्ति जारी गरेको दिएको जानकारीअनुसार अदालतले उनलाई बैंकिङ कसुरमा ६० लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो । तर, फरार रहेका उनलाई १७ भदौमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई झापाको विर्तामोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेस गरिएको व्युरोले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्