लेटेस्ट न्युज
advertisement1

भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

Maryada News 2021-08-31 20:28:16
भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेका छन् । माधव नेपाल छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी आइपुगेका छन् । धनगढीमा माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा गरमागरम  राजनीतिकाबीच रावल धनगढी आइपुगेका हुन् ।

रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना प्रदेश सांसद सम्पर्कविहीन भए । तीन जना सम्पर्कविहीन भएकोमा १ जना भने सम्पर्कमा आए । सम्पर्कमा आउने कुलवीर चौधरी हुन् । उनले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन् ।

प्रदेश सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन् । उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो । समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन् ।

समाजवादीले आज १३ जनाले सनाखत गर्ने तयारी गरेको थियो । तर १० जनाले मात्रै सनाखत गरे ।  समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भोलि १४ सांसद पुग्ने दाबी गरेकी छन् ।  उनले  दुईजना सा‌ंसदकाे कागजात नपुगेको दाबी गरेकी छन् । दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्