लेटेस्ट न्युज
advertisement1

सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

Maryada News 2021-08-20 21:00:29
सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

काठमाडौं: आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । 

माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ ।

तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका नेताहरु शुक्रबार कार्यालय समय सुरू हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका थिए । 

यसबारे जानकारी पाएपछि सभामुख सापकोटा शुक्रबार कार्यालय नै गएका छैनन् । लामो समय कुरेर बस्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरिन् । तर, सभामुख सापकोटाले आज आफू कार्यालय नआउने जानकारी गराएपछि एमाले नेताहरु सचिवालयबाट फर्किएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्