लेटेस्ट न्युज
advertisement1

अमेरिकामा क्यान्सरसँग लडिरहेका नेपाली विद्यार्थी गौतमको उपचारका लागि सहयोगको अपिल

Maryada News 2021-08-18 15:50:13
अमेरिकामा क्यान्सरसँग लडिरहेका नेपाली विद्यार्थी गौतमको उपचारका लागि सहयोगको अपिल

कैलाली : नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्दराम परियारका छोरा विशाल गौतम विदेशी भूमिमा जटील क्यान्सर रोगसँग लडिरहेका छन्।अध्ययनको शिलशिलामा अमेरिकामा रहेका क्यान्सर पीडित गौतमको अमेरिकाको मियो क्लिनिक अस्पताल, रोचेस्टर मिनेसोटामा विगत ढेड महिनादेखि उपचार जारी छ ।

अध्ययनका क्रममा अमेरिका पुगेका गौतमलाई माईलोफाइब्रोसिरका कारण तत्काल बोन म्यारो प्रत्यारोपण गर्न अस्पतालका चिकित्सकले सल्लाह दिएका छन्।  क्यान्सरको उपचार गराईरहेका गौतमको तौल दिनप्रतिदिन घट्दै गईरहेको छ।

गौतमको परिवारको आर्थिक अवस्था कमजोर भएपछि अस्पतालको बेडमा औषधीको बिलहरु थुपारिएका छन्। गौतमको बोन म्यारो प्रत्यारोपणका लागि ७ लाख ५० हजार अमेरिकी डलर खर्च लाग्ने अस्पतालले जनाएको छ।

गौतमको उपचारका लागि परिवारको आर्थिक स्थिति नाजुक रहेकाले सक्दो सहयोग गरिदिन समाजसेवी जोत्सना साउँदले आग्रह गरेकी छन्। समाजसेवी साउँदले गौतमको जीवन रक्षाका लागि व्यक्तिगत तथा संघ संस्थालाई आफूले सक्दो सहयोग गरिदिन पनि अनुरोध गरेकी छन्।

यसैगरी पूर्व वरिष्ठ प्रहरी अधिकारी परियारले सामाजिक संजाल मार्फत सहयोगको आग्रह गरेका छन् ।इमानदार प्रहरी अधिकारीको छबी भएका परियारले अत्यन्त जटिल विरामीको विशेष उपचार अत्यन्त महंगो भएकाले सहयोगी मनहरुलाई जीवन रक्षाका लागि सहयोग गर्न अपिल गरेका छन् । अधिवक्ता समेत रहेका परियारले अमेरिकास्थित नेपाली कुटनीतिक नियोग, संघ- संस्था र दानवीरहरुलाई सहयोगका लागि विशेष आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्