काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् ।
एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।
प्रतिक्रिया