लेटेस्ट न्युज
advertisement1

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ, गएनन् उपराष्ट्रपति र सभामुख

Maryada News 2021-02-19 19:34:50
नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ, गएनन् उपराष्ट्रपति र सभामुख

काठमाडाैं- प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले सपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुख झालाई पथ तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। 

झाकाे सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए भने उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकाेटा उपस्थित थिएनन्। 

यसअघि संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयाेगहरूमा नियुक्त गरेकाे पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुख दुवै उपस्थित भएका थिएनन्। 

आज (शुक्रबार) मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । ‘राजेश अहिराज’का नामले चिनिने झाले मधेश मामिलामा विद्यावारिधी गरेका छन्।

प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई संविधानकाे धारा १६५ काे उपधारा (१) काे खण्ड (ख) बमाेजिम मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्