एजेन्सी: फिल्म अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रलाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ ।
राज कुन्द्राबाहेक अर्का एक व्यक्ति रायन थार्पलाई आज मुम्बईको एक्स्प्लेनेड कोर्टमा पेश गरियो । रायन पनि राज कुन्द्रासँग हिरासतमा रहनेछन् ।
अश्लील फिल्म बनाएको मामिलामा राज कुन्द्रलाई सोमबार राती पक्राउ गरिएको थियो जबकी थार्पलाई मंगलबार पक्राउ गरियो ।
प्रतिक्रिया