लेटेस्ट न्युज
advertisement1

देशभर कोरोना विरुद्धको 'जोन्सन एण्ड जोन्सन' खोप लगाउन शुरु

Maryada News 2021-07-19 13:13:10
देशभर कोरोना विरुद्धको 'जोन्सन एण्ड जोन्सन' खोप लगाउन शुरु

काठमाडाैंः देशभर आजबाट जाेन्सन एण्ड जाेन्सनकाे काेराेना भाइरसविरुद्धकाे खाेप लगाउन शुरु गरिएकाे छ। स्वास्थ्य मन्त्रालयकाे समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालबाट खाेप कार्यक्रमकाे शुभारम्भ गरेका छन्।

अमेरिकाले सहयाेगस्वरुप नेपाललाई प्रदान गरेकाे जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप देशभरका ७७ वटै जिल्लामा लगाइने छ। याे खाेप एक डोजमात्र लगाए पनि पर्याप्त हुने बताइएकाे छ।

खाेप अभियानअन्तर्गत ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गताकाे ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई खाेप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्