लेटेस्ट न्युज
advertisement1

नेतान्याहु १२ बर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

Maryada News 2021-07-11 17:21:35
नेतान्याहु १२ बर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

तेल अभिभ : इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरि दिएका हुन् ।     
     
प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बनेका समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् । विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन् । उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका थिए ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्